logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु


अंकुरण खबर
728
Shares

सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनी कुमार झाको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार करेन्ट लागेर झाको मृत्यू भएको हो। चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाको आमालाई करेन्ट लागेको थियो ।

आमालाई बचाउने प्रयास गर्दा छोरा झाको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेकी झाकी आमा गम्भीर छन् । उनको उपचार कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको छ ।