नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दै छ ।
बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा मन्त्रिपरिषद् विस्तार र पार्टीको १४औँ महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठकमा आफ्नो समूहले पाउने मन्त्रालयको संख्या माग गर्ने र भागबन्डा टुंगो लगाउन दबाब दिने तयारी गरेको बताइएको छ ।
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूले हिजो पनि छलफल गरेका थिए ।