नेपाली बजारमा आज सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ।
आज छापावाला सुन तोलाको ८९ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार छापावाला सुन तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला ८९ हजार एक सय ५० रुपैयाँ कायम भएको छ। बुधबार तेजाबी सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य बुधबारका तुलनामा आज प्रतितोला १० रुपैयाँले घटेको छ। आज प्रतितोला एक हजार १५५ रुपैयाँ तोकिएको छ।
चाँदी बुधबार प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।