असोज ८ र ९ गते एमाले केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ। त्यसैको तयारीका लागि आवश्यक छलफल गर्न सो बैठक बोलाइएको केन्द्रीय कार्यालयको भनाइ छ ।
विधान महाधिवेशनमा पेस गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन, सांगठनिक संरचना बैठकका एजेन्डा रहेको बताइएको छ ।
यसअघि यी विषयमा छलफल गरेपछि स्थायी कमिटी बैठकले तिनलाई केन्द्रीय कमिटी बैठकमा लाने निर्णय गरिसकेको छ ।