logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंबाट गएको कार त्रिशुलीमा खस्यो : एक घाइते, तीनजना बेपत्ता


अंकुरण खबर
1.183K
Shares

चितवन इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा कार खस्दा एक जना घाइते भएका छन्।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार बिहीबार राति पौने १२ बजे त्रिशुलीमा खस्दा अन्य तीन जना बेपत्ता भएका छन् ।

कार अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर आएपछि खोजी कार्य शुरु गरेको भए पनि तीन जना अझै फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

कारमा सवार पोखरा १७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते भएका छन् भने कारसहित चालक पोखरा १७ कै प्रेमबहादुर भुजेल, सोही ठाउँका लेखबहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल बेपत्ता भएका हुन् ।

घाइते सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।