नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।
एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने जानकारी दिए ।
तामाङका अनुसार बैठकले विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ ।