logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

पौडी खेल्दा खोलाले बगाउँदा एक युवा बेपत्ता


अंकुरण खबर
936
Shares

बागलुङको बडिगाड गाउँपालिका खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् ।

निसीखोला गाउँपालिका–६ घर भई बडिगाड गाउँपालिका–५ खारामा कोठा भाडामा बस्ने २४ वर्षीय गोविन्दचन्द्र विक बेपत्ता भएका हुन् ।

बडिगाड खोलाको काली दहमा पौडिन जानु भएको विकलाई अकस्मात खोलाले बगाएको प्रहरी चौकी ग्वालीचौरका प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानले जानकारी दिए ।

विक साथीहरुसँग खोलामा बालुवा झिक्न गएका थिए । बिहीबार दिउँसो साढे एक बजेको समयमा चर्को घाम लागे पछि साथीहरु सितल खोज्दै खोला भन्दा केही पर गएका थिए । विक गर्मी छल्न पौडी खेल्न गएको उनका साथीको भनाई उदृत गर्दै प्रसनी न्यौपानेले बताए ।

बेपत्ता विकका आफन्त, स्थानीयवासी र प्रहरीको टोलीले खर्वाङसम्म खोजी गर्दा पनि फेला नपरेको र उनले लगाएको कपडा खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ ।