logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा ५ लाख बढी नयाँ कोरोना संक्रमित थपिए, निको कति भए ?


अंकुरण खबर
806
Shares

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा १ लाख २२ हजार ९६८ जनामा कोरोना पहिचान भएको छ ।

यसैगरी बेलायतमा ३६ हजार ७१०, भारतमा ३१ हजार ४५८, टर्कीमा २७ हजार ८४४, ब्राजिलमा २४ हजार ६११ र रुसमा २१ हजार ४३८ जनामा संक्रमण पुष्टि भएको छ ।

यहीअवधिमा ८ हजार ५७६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा १ हजार ९४४, रुसमा ८२०, ब्राजिलमा ६६१, भारतमा ३१९ र टर्कीमा २१७ जनाको मृत्यु भएको छ ।

यससँगै हालसम्म विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४७ लाख ४१ हजार ५८२ पुगेको छ । कुल संक्रमित २३ करोड १३ लाख ५१ हजारमध्ये २० करोड ८० लाख १७ हजार जना निको भइसकेका छन् ।