logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अबको केही दिन मनसुन निस्क्रिय रहने


अंकुरण खबर
793
Shares

अबको केही दिन मनसुन निस्क्रिय रहने मौसमविद्ले बताएका छन् ।

मनसुन बाहिरिने सङ्केत देखिएकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार आज भने पश्चिम तराईका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । काठमाण्डौसहित देशका अरु ठाउँमा भने सामान्यतया मौसम सफा नै रहने उनले बताए ।

यस्तै, आज राति पश्चिम तराईका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अरु ठाउँको मौसम भने सामान्य बद्ली मात्र भएर कतैकतै फाट्टफुट्ट पानी पर्ने सम्भावना छ ।