logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’ मा


अंकुरण खबर
1.014K
Shares

पूर्वमन्त्री मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदन ‘हेर्न नमिल्ने’ मा राखिएको छ । आलमको मुद्दा सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि इजलासले ‘हेर्न नमिल्ने’ ठहर गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएकोमा सो रिट निवेदन ‘हेर्न नमिल्ने’ ठहर भएको हो ।

विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका आलमलाई तल्लो अदालतले थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने आदेश दिएकोमा आलमले धरौटीमा रिहा हुन माग गर्दै रिट निवेदन दिएका थिए ।