logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास गठन सम्बन्धी रिटको सुनुवाइ स्थगित


अंकुरण खबर
1.235K
Shares

प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास गठन हुने कि नहुने भन्ने विवादको रिटको सुनुवाइ स्थगित भएको छ ।

नेपाल बार एशोसियनले आधिकारिक रूपमा एमिकस क्यूरीको नाम नपठाएका कारण सुनुवाइ स्थगित भएको हो ।

न्यायाधीश प्रकाश ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेसी तोकिएको सो मुद्दामाथि सुनुवाइ गर्न एमिकस क्यूरीको बहस नसुनी आदेश दिन नमिल्ने भएकाले आज सुनुवाइ गरिएको सर्वोच्च स्रोतले जनाएको छ ।

सर्वोच्च बारले पूर्णमान शाक्य र रविनारायण खनाल तथा नेपाल बारले अध्यक्ष चण्डेश्वर श्रेष्ठ र पूर्व अध्यक्ष शेरबहादुर केसीको नाम टुंगो लगाए पनि आधिकारिक रूपमा नाम नदिएको बताइएको छ ।

न्यायाधीश हरि फुँयालको एकल इजलासले यसबारेमा लिखित जवाफ प्राप्त भएको ३ दिनपछि पेसी तोक्न दिएको आदेश बमोजिम आज पेसी तोकिएको थियो ।