logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘राजा बन्छु’ भन्दै पूर्वराजाको श्रीपेच चोर्न खोज्ने युवक नारायणहिटीबाट पक्राउ


अंकुरण खबर
1.625K
Shares

नारायणहिटी राजदरबार संग्रहालयमा रहेको श्रीपेच चोर्न खोज्ने एक युवक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती छन । घर्ती शुक्रबार संग्रहालय हेर्न टिकट काटेर भित्र गएका थिए ।

घर्तीले नारायणहिटी भित्र पुगेपछि राजाहरुले लाउने श्रीपेच चोर्ने प्रयास ग रे। उनले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर श्रीपेच राखिएको शोकेस फुटाएपछि सुरक्षामा खटिएका सेनाका जवानले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए ।

उनलाई नियन्त्रणमा लिई प्रहरीकहाँ अनुसन्धानका लागि बुझाइएको छ। प्रत्यक्षदर्शीका अनुसार घर्तीले ‘राजा बन्छु’भन्दै श्रीपेच चोर्न प्रयाश गरेका थिए ।

प्रारम्भिक अनुसन्धानमा उनको मानसिक अवस्था ठिक नभएको हुनसक्ने प्रहरीको भनाई छ ।