logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिल्लीको रोहिणी अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु


अंकुरण खबर
806
Shares

दिल्लीको रोहिणी अदालतमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।

अदालतको कोर्ट नम्बर एक परिसरमा शुक्रबार ग्याङ्गफाइट हुँदा तीन जनाको मृत्यु भएको हो ।

हमलाकर्ताले गोली हानेर ग्याङ्गस्टर जितेन्द्र गोगीको हत्या गरेका छन् । उक्त ग्याङ्गफाइटमा गोगीसमेत तीनजना मारिएका छन् । यस घटनामा एक महिला वकिलसमेत तीन व्यक्ति घाइते भएका छन् । गोगी पेशीका लागि अदालत आएका  बताइएको छ । गोली लागेलगत्तै उनको मृत्यु भएको छ ।

प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ ।

आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका  भरतीय सञ्चार माध्ययमहरूले जनाएका छन्  ।