logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले विधान महाधिवेशनमा प्रस्तुत हुने तीन प्रस्तावमाथि छलफल गर्न १० समूह गठन


अंकुरण खबर
988
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० समूह गठन गरिएको छ ।

विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, सांगठनीक प्रतिवेदन र विधान संशोधनको प्रस्तावमाथि छलफल गर्न १० समूह गठन गरिएको हो ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार छलफलका लागि केन्द्रीय कमिटीको बैठक भोलि बिहान ११ बजे बस्ने  तय भएको छ ।

भोलिको बैठकमा समूहगत छलफलको सुझावलाई प्रस्तुत गरिने रिजालले बताए । एमालेको विधान महाधिवेशन असोज १५–१७ गते बस्ने तयारी गरिएको छ ।