logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसले आज गाउँ नगर अधिवेशन गर्ने, विवादका कारण १३ जिल्लामा अधिवेशन अनिश्चित


अंकुरण खबर
1.118K
Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शनिवार गाउँ र नगर अधिवेशन हुँदैछ ।

विवादित केही जिल्ला बाहेक क्रियाशील सदस्यता विवरण सार्वजनिक भएर वडा अधिवेशन सम्पन्न भइसकेका ६४ जिल्लामा शनिवार पालिका अधिवेशन हुन लागेको हो ।

सदस्यता विवादका कारण अझै १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन् ।

काठमाडौंमा भने वडा अधिवेशनको नतिजा निर्वाचन समितिमा नपुगेकाले पालिका अधिवेशन रोकिएकाले अब असोज १६ मा पालिका अधिवेशन गर्ने मिति तोकिएको छ । दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन् ।