logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, समूहगत छलफल, असन्तुष्ट पक्षको मागबारे छलफल


अंकुरण खबर
741
Shares

नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।

ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न गठित १० वटा समूहको छलफल शुरू हुने, असन्तुष्ट पक्षका मागको संबोधन लगाएतका बिषयमा छलफल हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि शुक्रबारबाटै समूहगत छलफल जारी रहेको छ ।

एमालेको विधान महाधिवेशन ललितपुर गोदावरीस्थित सम्मेलन हलमा १५–१७ असोजमा हुँदैछ ।