logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री देउवा र जलवायु सम्मेलन दूत फ्लार्टीबीच भेटवार्ता


अंकुरण खबर
1.3K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) का दूत केन ओ फ्लार्टीबीच भेटवार्ता भएको छ।

बेलायतको ग्लास्गोमा आयोजना हुन लागेको सम्मेलनको तयारीबारे छलफल गर्न फ्लार्टी नेपाल आएका हुन्।

प्रधानमन्त्री देउवा र फ्लार्टीबीच आज (शनिबार) कोप-२६ मा नेपालको सहभागिताको तयारीसहित नेपाल–बेलायतको सम्बन्धबारे छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री देउवाले भेट र छलफलबारे ट्विटरमार्फत जानकारी दिएका हुन्। देउवाले कार्बन उत्सर्जन कम गर्ने नेपालको प्रतिबद्धता दोहोर्‍याएका छन्।

कार्बन उत्सर्जन कम गर्न थप महत्वाकांक्षी लक्ष्यका साथ काम गर्न विश्व समुदायलाई आह्वान गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।