logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले केन्द्रीय कमिटी बैठक बस्दै,महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिइने


अंकुरण खबर
1.209K
Shares

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (आइतबार) पनि बस्दैछ ।

आजको बैठकमा शुक्रबार,शनिबारको बैठकबाट दस्तावेजमाथि आएका सुझावमा पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रतिवेदन प्रस्तोताले आफ्नो धारणा राख्ने बताइएको छ । त्यसपछि अध्यक्ष ओली र सुझाव पेश गर्न बनाइएका १० वटै समूहका समूह नेताबीच छलफल गरेर महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिने कार्यसूची छ ।

शुक्रबारबाट सुरु भएको बैठकमा शनिबार पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने तीन वटा दस्तावेज लगाएतका विषय माथि समूहगत छलफल सकिएको थियो ।

शनिबारको बैठकमा ७० वर्षे उमेर हद कायम राख्ने, पदाधिकारी बढाउने, कार्यकारी पदमा दुई पटकभन्दा धेरै बस्न नपाइने, जनताको बहुदलीय जनवाद (जबज)लाई परिमार्जनसहित अघि बढाउने लगाएतका विषयमा सुझाब आएका थिए ।