logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

ढलमा बेपत्ता बालकको शव पाँचदिन पछि ललितपुरमा भेटियो


अंकुरण खबर
754
Shares

काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता भएका बालकको शव पाँच दिनपछि फेला परेको छ ।

बालकको शव ललितपुरको महांकाल गाउँपालिकास्थित वाग्मती नदी किनारमा फेला परेको हो ।

प्रहरीले खिचेको फोटोमा परिवारले बालकको शव पहिचान गरेको महानगरीय प्रहरी प्रभाग कपनले जनाएको छ ।

काठमाडौं महानगरपालिका–६ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर १० वर्षीय उज्ज्वल विक गत मंगलबार रातिदेखि बेपत्ता थिए ।