logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित


अंकुरण खबर
702
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन।

आज दोस्रो दिन पनि जारी बैठकमा उपाध्यक्ष रावल अनुपस्थित भएका हुन ।

शुक्रबारदेखि शुरु भएको बैठकमा आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल भएको थियो ।

आजको बैठकमा १० वटा समूहबाट आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएका छन। १० बुँदे सुझाव कार्यान्वयन नभएको भन्दै असन्तुष्ट जनाउँदै आउनुभएका रावल बैठकमा अनुपस्थित भएको श्रोततले बताएको छ ।