logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजार ६१ अङ्कले घट्यो, साढे ६ अर्ब रुपैयाँको कारोबार


अंकुरण खबर
819
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट भएको छ ।

आज नेप्से ६१.२७ अंकले घटेर दुई हजार ७ सय ५८ दशमलब ४८ विन्दुमा पुगेको हो । आज ६ अर्ब ५० करोड बराबरको कारोबार भएको छ । कारोबार भएका म्युचुअल फण्ड बाहेक अन्य सबै समूह घटेका छन् ।

त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३१७.२० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज आइसीएफसी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ३३ करोड भन्दा बढीको कारोबार भएको छ ।