logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दसैंको लागि आजबाट अग्रिम टिकट बुकिङ खुला,यी स्थानबाट पाइने


अंकुरण खबर
1.807K
Shares

यस वर्षको दसैंको लागि आजबाट लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

आज बिहान ७ बजेदेखि टिकट बुकिङ खुल्ला गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन् ।

कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, चाबहिल, स्वयम्भू, सुन्धारा, लगनखेललगायतका स्थानबाट टिकट बुकिङ शुरु गरिएको छ । यात्रुको चापलाई मध्यनजर गर्दै विभिन्न ठाउँमा टिकट काउण्टर थपिएको छ ।

यसैबिच महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुका समस्यालाई मध्यनजर गर्दै सहज यात्रा, भाडादर अनुगमनको लागि यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । राजधानीका विभिन्न १४ स्थानमा यस्तो कक्ष स्थापना गरेको हो ।