logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

आज ४२औँ विश्व पर्यटन दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदैं


अंकुरण खबर
832
Shares

आज ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

प्रत्येक वर्ष सेप्टेम्बर २७ का दिन मनाइने यो दिवसमा आज नेपालमा पनि स्वास्थ्य मापदण्ड अबलम्वन गर्दै ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

पर्यटन मन्त्रालय, मातहत निकाय तथा बोर्डका कार्यकारी अधिकृत, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा पर्यटन बोर्डमा कार्यक्रमको आयोजना गरिएको छ ।

दिवसकै अवसरमा नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नक्सालस्थित संस्थाको सचिवालय परिसरमा रक्तादान कार्यक्रम गर्ने जनाएको छ । आज पर्यटनसंग सम्वन्धित विभिन्न संघ संस्थाले पनि विविध कार्यक्रमको आयोजना गरेका गर्ने छन् ।