काठमाडौंबाट विराटनगरका लागि उडेर बुद्ध एयरको जहाज ल्यान्डिङ गियर नखुलेपछि काठमाडौं नै फर्किएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ट्राफिक डिक्लरेसन कार्यालय’का अनुसार भरखरै उक्त जहाजलाई आकस्मिक अवतरण गराइएको छ ।
जहाजमा सवार चालक दलका सदस्य र सबै यात्रु सुरक्षित रहेको कार्यालयले जानकारी दिएको छ । ‘९ एन-एएनआई’ कलसाइनको उक्त जहाज क्याप्टेन एजी शेर्पाको कमान्डमा थियो ।