logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित


अंकुरण खबर
728
Shares

राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ ।

एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ बहुमतले पारित भएको हो ।

आज बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए । समय पाएपछि एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरूको विरोध कायमै रहेको बताएका थिए ।

दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । आज राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ ।