logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद् बैठक ४ बजे बस्दै : राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी


अंकुरण खबर
897
Shares

सोमबार अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।

बैठकबाट ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ फिर्ता लिने तयारी भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।

उक्त अध्यादेश फिर्ता नलिँदा मन्त्रिपरिषद् विस्तारमै सकस उत्पन्न भएकाले फिर्ता लिएर मार्गप्रशस्त गर्ने तयारी रहेको स्रोतको भनाइ छ ।

सत्ता गठबन्धनका पाँच दलमध्ये जसपाले अध्यादेश सक्रिय रहँदा मन्त्रिपरिषद् विस्तारका कारण आफ्नो पार्टी विभाजन हुन सक्ने त्रासका कारण फिर्ता लिन शर्त राख्दै आएको छ ।

सत्ता गठबन्धनको अर्को दल नेकपा (एकीकृत समाजवादी) ले भने आफ्नो दल दर्ताविरुद्ध एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेका कारण अब मन्त्रिपरिषदमा सहभागी हुन कुनै समस्या नरहेको बताएको छ ।

स्रोतका अनुसार सत्तागठबन्धनका दलहरूबीच अध्यादेश फिर्ता लिन सहमति जुटिसकेको छ । उक्त अध्यादेश फिर्ता भएपछि मंगलबार या बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने स्रोतले जनाएको छ ।