झापाको बिर्तामोडमा डिशहोम फाइबरनेट सेवा विस्तार गरिएको छ ।
सेवाको अधिकारिक बिक्रेताको उद्घाटन एक कार्यक्रमबीच डिशहोमका क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका छन् ।
उक्त अवसरमा झापाका आन्य स्थानमा समेत डीएच फाइबरनेट चाँडै पुग्ने बिक्री अधिकारी प्रज्ज्वल अधिकारीले बताएका छन् । उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी डिशहोमले फाइबरनेट सञ्चालनमा ल्याएको उनले जानकारी दिए । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा भएको अधिकारीको भनाइ छ ।
काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र बिराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।