logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुर्घटनाबाट जोगिएको बुद्ध एयरको विमानबारे मन्त्रालयले छानबिन गर्ने


अंकुरण खबर
1.664K
Shares

दुर्घटनाबाट जोगिएको बुद्ध एयरको विमानका सम्बन्धनमा सरकारले अध्ययन गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ल्यान्डिङ गियरमा समस्या आएर आकाशमा होल्ड गर्दै अवतरण गरिएको बुद्ध एयरको विमानका विषयमा अध्ययन गर्ने जानकारी दिएको छ ।

जहाजको विषयमा बुद्ध एयरले पनि आन्तरिक छानबीन गर्ने छ, भने नेपाल उड्डयन प्राधिकरणले पनि यस विषयमा छानबीन गर्ने छ ।

काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि जहाज काठमाडौं नै फर्काइएको थियो । तर जहाज सिधै काठमाडौं आएर ल्यान्ड हुन सकेन । जहाज ल्यान्ड गर्न खोज्दा जहाजको पाङ्‍ग्रा खुलेन ।

त्यसपछि पाइलटले जहाज आकाशमै होल्ड गरे। जहाज दुई घण्टासम्म आकाशमै घुमिरहर्‍यो । जहाज आकाशमा घुमाउनेको एउटै कारण थियो, जहाजमा भएको तेल सकेर आत्पतकालीन फोर्स ल्याण्डिङको पूर्ण तयारी। अन्तत: जहाजको ल्यान्डिङ गियरले काम पनि गर्‍यो । पाइलटले जहाज अवतरण गरे। त्यसले कुनै अप्रिय घटना हुन पाएन । जहाजमा चालकदलका सदस्यसहित ७७ जना यात्रु थिए ।