logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा थप १,२८२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु


अंकुरण खबर
728
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा १,२८२ जना कोरोना संक्रमित थपिएका छन् ।

१२,०८१ जनामा गरिएको पिसिआर परीक्षणबाट ९७५ र ३,४०७ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,९२,३६७ जनामा र एन्टिजेन परीक्षणबाट ९०,८५४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा १,२६२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,६२,४१६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,१०३ पुगेको छ ।

अहिले देशभरिमा १८,८४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।