logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विशेष अदालतले माग्यो चुडामणि शर्मासँग ५० लाख धरौटी(आदेश सहित)


अंकुरण खबर
988
Shares

चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव शर्माको सोमबार भएको थुनछेक बहसपछि विशेष अदालतले ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

विशेष अदालत सदस्यद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मालाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । शर्मा सोमबार विशेष अदालत काठमाडौँमा उपस्थित भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोगमा व्यावसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै गत असार ९ गते शर्मा बिरुद्ध मुद्धा दायर गरेको थियो । त्यस समय अख्तियारले तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।