logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रकको ठक्करबाट रुपन्देहीमा आमा र छोराको ज्यान गयो


अंकुरण खबर
1.378K
Shares

रुपन्देहीमा ट्रकले ठक्कर दिँदा आमा र छोराको ज्यान गएको छ ।

सैनामैना बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको भैँसीपाडा बोकेको ट्रकले ठक्कर दिँदा सैनामैना-५ की राधा भट्टराई र छोरा महेश भट्टराईको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको प्रहरीले जनाएको छ ।