logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

प्रदेश २ : भोलि सार्वजनिक बिदा


अंकुरण खबर
1.469K
Shares

जितिया पर्वको अवसरमा प्रदेश नम्बर २ सरकारले असोज १३ गते बुधबार महिलाका लागि सार्वजनिक बिदा दिएको छ।

मुख्यमन्त्री लालबाबु राउतले सोमबार शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण व्रतालु महिलालाई निष्ठापूर्वक जितिया पर्व मनाउन आग्रह गरेका छन् ।

प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि असोज १३ गते बिदा दिएको उल्लेख छ। पुत्रको दीर्घायुको कामना गर्दै हिन्दू धर्मावलम्बीले यस पर्वमा कठोर व्रत बस्ने गर्दछन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्री राउतले सन्तानप्रति स्नेह झल्काउने यस महापर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरुन् भनी कामना गरेका छन्।