Breaking Newsअन्तर्वार्ता

नेपालमा पहिलो दोहोरी साँझ खोल्ने सरुको संघर्ष : पहिले कष्ट, अहिले सफल गायिका र व्यावसायी

नेपाली लोक संगित क्षेत्रमा चर्चित नाम हो, धनकुमारी थापा (सरु) । कला र गलाकी धनी धन कुमारी थापा (सरु) हरेक क्षेत्रमा सफल हुने उदाहरणीय पात्र पनि हुन् । उनै धनकुमारी थापा (सरु)संग अंकुरण खबरले गरेको कुराकानीको सम्पादित अंश …

भनिन्छ, दृढ इच्छा शक्ति, दीर्घकालिन लक्ष्य र उच्च मनोबलका साथ अगाडी बढे जस्ता सुकै समस्या सहजै पार लगाई सफलता प्राप्त गर्न सकिन्छ । वास्तवमै यी वाक्यांस चर्चित लोक गायिक तथा सफल व्यावसायी धनकुमारी थापाको जीवनमा पूर्णतया लागु हुन्छ । समस्या र संघर्षले नै जीवनमा सफलताको लागि उर्जा थप्ने सरुको बुझाई छ ।

नुवाकोटको सामान्य परिवारमा जन्मिएकी सरु काठमाडौंमा हुर्किइन् । सानैदेखि भजन, किर्तन, लोक संगितमा रुची राख्ने सरुले अहिलेको सफलता प्राप्तिको लागि अनगिन्ती संघर्षका पाहाड छिचोलेकी छिन । विगत दुई दशक अघिदेखि निरन्तर लोक संगितमा लागिरहेकी सरु नेपालमा पहिलो दोहोरी साँझ खोल्ने व्यावसायी पनि हुन् ।

हाम्रो समाजमा अहिले त महिलालाई रात्री कालिन व्यावसायमा लाग्नु राम्रो मानिदैन भने वि.सं २०५७,५८ सालमा झनै गाह्रो थियो । सरुले आफ्नो विगत यसरी सम्झिइन् ‘ममा सानैदेखि आफै केही गर्नुपर्छ,स्वाभलम्वी बन्नुपर्छ भन्ने सोच थियो । त्यही सोचका कारण गीत संगितमा रुची भएकाले दोहोरी साँझ खोल्ने अठोट गरे । सुरुमा त मलाई परिवारबाटै साथ मिलेन । तर निरन्तरको मिहिनेत परिवत्र उदेश्य बोकेर हिडेकाले पछि विस्तारै परिवारको साथै समाजले समर्थन ग¥यो ।’

मैलै दरबारमार्गमा रहेको जुनकिरी दोहोरी साँझ मार्फत मेरो लागि मात्र नाम र दाम नभएर धेरै दिदी बैनी दाजु भाइलाई रोजगारी दिएकी छुँ । आफै केही गर्न सक्ने बन्न प्रेरणा दिएकी छुँ । लोक संगितको क्षेत्रमा निरन्तर सक्दो योग्दान गरिरहेकी छु ।

सुमधुर स्वरकी धनि सरुका आज मुड चल्या छ लगाएतका धेरै चर्चित गीतहरु छन् । डेड दर्जन भन्दा बेसी आफ्नै लोक दोहोरि एल्बम र दुइ सय भन्दा बढी लोकगितहरु गाएकी सरुले धेरै गितमा मोडलिड पनि गरेकी छिन् । आफ्नो जीवन रहेसम्म लोकसंगित क्षेत्रमा लागिरहने सरुको सोच छ । गीत संगित क्षेत्रमा धेरै जसो सुरुमा आउने र केही समयमै पलायन हुने समस्या बढी छ किन होला भन्ने प्रश्नमा सरु भन्छिन् ‘हो,यो समस्या जुनसुकै क्षेत्रमा छ । तर पनि गीत संगितको क्षेत्रमा यो समस्या अलि बढी छ । यस्तो हुनुमा अरुले गाएको कमाएको,मान सम्मान पाएको देखेर मात्र हुँदैन । दुःखमा नआत्तिने, सुखमा नमात्तिने, साधना बढाउने,आफुमा भएको क्षमता तिखार्दै गए पलायन हुनबाट जोगिन सकिन्छ ।’

सरु लोक गायिका मात्र नभएर सफल व्यावसायी पनि हुन् । उनले दरबार मार्गमा करोडौको लगानिमा कफी पसल रेस्टुरेन्ट एण्ड बार पनि सञ्चालन गर्दै आएकी छिन् । हरेक क्षेत्रमा लगनशील भएर कम गर्ने बानीलेनै सरुले एक सफल छोरी, श्रीमती, आमा, गायिका, व्यावसायी र समाजसेवीको पहिचान बनाएकी छिन् ।

टेलिभिजनको पर्दा मार्फत पनि लोक संगितको क्षेत्रमा योग्दान दिएकी सरु एक कुशल गीतकार पनि हुन । सरुले लोक भाका तथा लोक दोहोरीको क्षेत्रमा गरेको कामको मूल्यांकन गर्दै धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मानहरु पाएकी छिन् ।

हरेक क्षेत्रमा समाजले पछाडी पाारेका वर्ग अगाडी आउँनु पर्ने, कोही पनि अन्याय अत्यचारमा पर्नु नहुने सोच राख्ने सरु राजनीतिमा पनि सक्रिय रहदै आएकी छिन् । हाल नपोली कांग्रेसमा आवद्ध रहेर राजनीति गरेकी सरु राजनीति विशुद्ध समाज सेवा भएकाले सेवाको भाव फैदा हुनुपर्ने बताउछिन् । आफु जुन क्षेत्रमा रहे पनि दिन दुखी गरिवलाई सक्दो सहयोग गरे मात्र  जीवन सातर्थक हुने सरुको बुझाई छ ।

Comment here