नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य मन्त्रालयलाई आज एक लाख डोज भेरोसेल खोप प्रदान गरेको छ ।
स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा रेडक्रसका पदाधिकारीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खोप हस्तान्तरण गरेका हुन् ।
चीन सरकारले नेपाल रेडक्रस सोसाइटीलाई यसै साता उपहार स्वरुप एक लाख डोज खोप उपहारस्वरुप प्रदान गरेको थियो ।
रेडक्रसलाई उपहार स्वरूप चीन सरकारले उपलब्ध गराएको खोप रेडक्रसले नेपाल सरकारलाई उपलब्ध गराएको हो ।