logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित


अंकुरण खबर
728
Shares

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।

आज दिउँसो ३ बजेका लागि बोलाइएइको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो ।

बैठक भोली बिहान ११ बजे बस्ने एक स्थायी समिति सदस्यले बताए । माओवादीले आगामी पुस ११, १२ र १३ गतेका लागि पार्टीको राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ ।

त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए ।