logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजारमा ७० अंकको गिरावट


अंकुरण खबर
741
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि उच्च अंकको गिरावट भएको छ ।

आज नेप्से ७०.०१ अंकले घटेर दुई हजार ६ सय १५ दशमलब ४० विन्दुमा पुगेको हो । आज ५ अर्ब ७४ करोड ५४ लाख बराबरको कारोबार भएको छ । कारोबार भएका सबै समूह राताम्मे भएका छन् ।

आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र मैलुङ खोला जलविद्युत कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनर र नेपाल हाइड्रो डेभलपर्श कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंकको भएको छ । यस कम्पनीको आज १८ करोड भन्दा बढीको कारोबार भएको छ ।