logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा ११५८ संक्रमित थपिदा, १,३१८ जना संक्रमणमुक्त, १२ जनाको मृत्यु


अंकुरण खबर
832
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा १,१५८ जना कोरोना संक्रमित थपिएका छन् ।

११,६७२ जनामा गरिएको पिसिआर परीक्षणबाट ९०४ र २,३३१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,९३,२७१ जनामा र एन्टिजेन परीक्षणबाट ९१,१०८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

मन्त्रालयका अनुसार आज १,३१८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसहित अहिलेसम्म निको हुनेको संख्या ७,६३,७३४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,११५ पुगेको छ ।

अहिले देशभरिमा १८,४२२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।