logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशलाई निकास दिन ताजा जनादेशमा जानुको बिकल्प छैन् : केपी शर्मा ओली


अंकुरण खबर
624
Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई निकास दिन ताजा जनादेशमा जानुको विकल्प नभएको बताएका छन् ।

मंगलबार पत्रकारसंग कुराकानी गर्दै अध्यक्ष ओलीले अहिले संसद प्रभावकारी नरहेकाले यो गतिरोध अन्त्यका लागि ताजा जनादेशमा जानु पर्ने बताएका हुन् । वर्तमान सरकारले निर्वाचन गराएर यो संकट टार्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो । त्यस्तै कुराकानीका क्रममा अध्यक्ष ओलीले भने ‘यो संसद चलिराखेको छैन, ताजा जनादेशमा जान जरुरी छ’ ।

अध्यक्ष ओलीले भने ‘बाहिर आफ्नोबारेमा ओली कडा छ निरंकुश छ भन्ने भ्रम फैलाएको छ । तर त्यस्तो हैन्,चित्त नबुझेको कुरा राख्न सकिन्छ । पार्टीभित्र आलोचना गर्नेहरु धेरै छन्।’