logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

यस्तो रहने छ आगामी ३ दिनको मौसम


अंकुरण खबर
819
Shares

आज देशैभर धेरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

अहिले नेपालमा बङ्गालको खाडीको उत्तर पश्चिम र पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली भई केही स्थानमा वर्षा भइरहेको छ। आज रातिको अबस्था पनि यस्तै रहने छ ।

भोली(बिहीबार) र पर्सी(शुक्रबार) पनि देशका विभिन्न भागमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले मौसममा सुधार आउन अझै केही दिन लाग्ने बिभागले जनाएको छ ।