तराई मधेश क्षेत्रमा मनाइने जितिया पर्वले विविधताभित्रको एकता र सद्भावलाई प्रवर्धन गरेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।
बुधबार जितिया पर्वको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको जनाएका छन्। उनले एकतावद्ध भएर पर्व मनाउन अनुरोध पनि गरेका छन्।
प्रधानमन्त्री देउवाले यो पर्वको अवसरमा देश तथा विदेशमा रहेर जितिया पर्व मनाउने सबैलाई शुभकामना दिएका छन्।
नेपाली संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको उल्लेख गर्दै उनले त्यसमध्ये जितिया पनि एक भएको जनाएका छन्।
जितिया पर्वले समस्त आमा र सन्ततिबीच माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउने प्रधानमन्त्री देउवाको विश्वास छ। यस्ता पर्वको संरक्षण र सम्बर्द्धनमा सरकार प्रतिबद्ध रहेको पनि उलने बताएका छन्।
आज तराई मधेश क्षेत्रमा धुमधामसँग मनाइँदै छ। प्रदेश २ सरकारले यो पर्वको असवरमा विदा दिएको छ।