Breaking Newsअन्तर्वार्ता

किन बढ्दैछन मुटु रोगी ? विशेषज्ञ भन्छन् बच्न यसो गर्नुस्…

आज विश्व मुटु दिवस, ‘युज हर्ट टु कनेक्टु’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइंएको छ । प्रत्येक वर्ष सेप्टेम्बर २९ तारिख यो दिवस मनाउने गरिन्छ ।

व्यस्त जीवनशैली, अस्वस्थ खानपान, निस्क्रिय जीवनशैली आदिका कारण मुटु रोगका बिरामी बढीरहेका छन् । मुटु रोग लाग्ने सम्भावना, कारण र जोगिने उपायबारे मुटुरोग विशेषज्ञ ओम मुर्ति अनिलको सुझाब यस्तो छ …

पहिले मुटु रोग बुढाबुढीलाई मात्रै लाग्ने रोग भनेर बुझिन्थो । तर, अहिले यो जुनसुकै उमेर र तहका व्यक्तिमा देखिन थालेको छ । प्रत्येक वर्ष मुटु रोगका बिरामी बढ्ने गरेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ ।

मुटु रोग लाग्ने कारण
हुन त मुटु रोग यो कारणले मात्र लाग्छ भन्ने छैन् । बिरामी अनुसार फरक पर्न सक्छ । तर अधिकांशलाई निम्न कारणले मुटुरोग लाग्न सक्छ :
बंशाणुगत मुटु रोग ।
तौल,मधुमेह,रक्तचाप,कोलेस्ट्रोल सन्तुलनमा नहुँनु ।
अस्वस्थ खानपान ।
धुम्रपान गर्ने ।
निस्क्रिय जीवन शैली,बढी तनाव आदि ।

मुटु रोगका लक्षण
छाती दुख्नु, मुटु ढुकढुक हुनु, स्वाँस्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोश हुनु र बढी थकाइ लाग्नु, मुटुरोगका प्रमुख लक्षणहरु हुन् । तर यी कुनै लक्षण देखिन साथ मुटु रोगनै हुन्छ भन्ने छैन् ।

यस्ता व्यक्तिलाई मुटुरोगको बढी जोखिम
बंशाणुगत गुण, बढी धुम्रपान,मद्यपान गर्ने, तौल बढी भएका, मुधुमेह, उच्चरक्तचाप, उच्चकोलेस्ट्रोल भएका व्यक्तिमा जोखिम बढी हुन्छ ।

बच्ने उपाय

तौल, रक्तचाप,मधुमेह,कोलेस्ट्रोल नियन्त्रणमा राख्ने । धुम्रपान तथा मध्यपान नगर्ने । नियमित स्वास्थ परीक्षण गर्ने । नियमित व्यायम गर्ने, स्वस्थ र सन्तुलित आहारमा ध्यान दिने । मुटु सम्बन्धी कुनै पनि समस्या भए चिकित्सकले भने बमोजिम औषधि सेवन गर्ने ।

Comment here