तीन दिन लगातार घटेको शेयर बजार बुधबार भने बढेको छ ।
तीन दिनदेखि लगातार घट्दा नेप्से परिसूचक २ सय अंकले झरेको बुधबार भने ५० दशमलव ५८ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ९३ अंकमा पुगेको हो ।
‘क’ वर्गमा रहेका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ५८ दशमलवले बढेको छ ।
आज २२९ कम्पनीका ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता शेयर किनबेच भएका छन् । ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको कारोबार भएको छ ।
आज ग्रीन डेभलपमेन्ट बैंक सबै भन्दा धेरै बढेको छ । यो बैंकको शेयर मूल्य १० प्रतिशत अर्थात ३५ रुपैयाँ ४० पैसाले बढेर ३८९ रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै अपी हाइड्रोपावर,कालिका माइक्रोफाइनान्स, जोशी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, गुहेश्वरी मर्चेण्ट बैंकिड लगायतका कम्पनीहरु बढेका छन । त्यस्तै मेगा बैंक,कुमारी बैंक,युनिलिभर नेपाल लगाएतका कम्पनी घटेका छन् ।