logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

प्रधानमन्त्री देउवाले बोलाए आज सर्वदलीय बैठक,समसामयिक विषयमा छलफल


अंकुरण खबर
1.183K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले लगातार अवरुद्ध हुँदै आएको संसद खुलाउन सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा आज बिहान १० बजे सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा पछिल्लो समसामयिक राजनीति संसदको अवरोध अन्त्य गर्ने लगाएतका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

संसद्को अवरोध रोक्न अस अघि सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको थिएन् । तर यस पटक प्रधानमन्त्रीले बोलाएको बैठकमा भने एमालेले सहभागी हुने जनाएको छ ।

एमालेले पार्टीले कारवाही गरेका १४ सांसदलाई पत्र पठाउँदा पनि सभामुखले पदमुक्त नगरेको भन्दै संसद अवरुद्ध गर्दै आएको छ ।