पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७ सय ६५ जनामा परीक्षण गर्दा १०७८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै यही समयमा ९ सय ११ जना संक्रमणमुक्त भएका छन भने १२ जनाको मृत्यु भएको छ ।
अहिले देशभर १८ हजार १६८ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै ३ सय ५३ जना आईसीयूमा र १सय१७ जना भेन्टिलेटरमा रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म ४२ लाख बढीको पीसीआर परीक्षण भइसकेको छ भने ५ लाख ७७ हजार बढीको एन्टिजेन विधिबाट परीक्षण भएको छ ।