logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पार्टीमा सुधारको खाँचो छ, ओलीले देशमा राजनीतिक संटक ल्याए : प्रचण्ड


अंकुरण खबर
1.196K
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले केपी ओली र कमल थापा राष्ट्रका आतंक भएको आरोप लगाएका छन् ।

बिहिबार अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले केपी ओली र कमल थापाको आतंकले देश प्रतिगमनमा गएको आरोप लगाए । उनले ओलीको बेइमानीकै कारण देशमा राजनीतिक संकट फैदा भएको जीकिर गरे ।

अध्यक्ष प्रचण्डले समाजवादी क्रान्ति र रुपान्तरणका लागि ठूलै छलाङ मार्नुपर्ने बताएका छन् । सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले पार्टीमा सुधारको आवश्यक्ता रहेको अब हरेक तह र तप्काबाट आवश्यक्ता अनुसार सुधार गर्दै लगेर पार्टीलाई जनताको सबै भन्दा विश्वासको पार्टी बनाउनु पर्ने बताए ।

अध्यक्ष प्रचण्डले घुमाउरो पारामा अझै पार्टीको नेतृत्व आफै गर्ने बताए । उनले भने ‘मुखमा त भन्न सक्दैनन्, तर अब प्रचण्डबाट हुँदैन भन्छन् रे । सबैलाई समेटेर लिने भेटिए त म किताब लेखेर बस्छु । तर उत्तराधिकारी घोषणा अहिले भने गर्दिनँ ।