logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको पहिलो राष्ट्रिय विधान महाधिवेशन आजदेखि शुरु


अंकुरण खबर
715
Shares

नेकपा एमालेको पहिलो राष्ट्रिय विधान महाधिवेशन आज देखि शुरु हुँदैछ ।

ललितपुरको गोदवारीमा अवस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन मध्यान्ह सवा १२ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको मिडिया संयोजक खिमलाल भट्टराईले जानकारी दिए ।

उद्घाटनपछि तीनवटा प्रस्ताव पेश गर्ने र दोस्रो दिन शनिबार समूहगत छलफल गरिने कार्यक्रम रहेको उनले बताए । उनले विधान महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी हुने जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिको आवासको प्रवन्ध काठमाडौंमा रहेको प्रदेश तथा जिल्ला सम्र्पक मञ्चको सहयोगमा सम्बन्धित प्रदेश कमिटीले नै गर्ने गरी व्यवस्थापन गरिएको उनले बताए।