logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनस्वास्थ्य मापदण्डभित्र गरिने क्रियाकलापमा बन्देज छैन : गृह मन्त्रालय


अंकुरण खबर
845
Shares

सरकारले संविधान, प्रचलित कानून र कोभिड-१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधान, प्रचलित कानून र कोभिड-१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ।”

विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं र भक्तपुरले जारी गरेको आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आदेश जारी गर्दै कोरोनाका कारण भीडभाड नगर्न, सभा, सम्मेलन नगर्न निषेध गरिएको जनाइएको थियो।