नेपाली कांग्रेसले आज प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका लागि अधिवेशन गर्ने भएको छ ।
कांग्रेसको वडा, पालिका, प्रदेश सभा क्षेत्रीय अधिवेशन सकिएका जिल्लामा आज प्रतिनिधिसभा क्षेत्रीय सभापतिदेखि कार्यसमितिका लागि निर्वाचन हुने भएको हो ।
प्रतिनिधिसभा क्षेत्रबाट २४ जना र क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । तिनै महाधिवेशन प्रतिनिधि मंसिरमा हुने १४ औं केन्द्रीय महाधिवेशनका मतदाता हुनेछन ।
एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका लागि एकैदिन अधिवेशन गर्ने तयारी कांग्रेसको छ । कांग्रेसले यही असोज १८ मा २१ वटा हिमाली जिल्लामा जिल्ला अधिवेशन गर्दैछ ।