logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई लाख ३३ हजार नगदसहित सुर्खेतमा १५ जुवाडे पक्राउ


अंकुरण खबर
1.599K
Shares

सुर्खेतमा १५ जना जुवाडे पक्राउ परेका छन् ।

गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय भानु कँडेल लगायत १५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी मेहलकुना र अस्थाई प्रहरी पोष्ट बोटेचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३३ हजार ७ सय ३४ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।