एमाले अध्यक्ष केपी ओलीले आफ्नो सरकारविरुद्ध ०७२ सालमा पनि पुष्पकमल दाहाल र माधवकुमार नेपालले षडयन्त्र गरेको आरोप लगाएका छन् ।
त्यतिबेला चीन भ्रमणमा विभिन्न १५ वटा सम्झौता गरेर फर्किनासाथ प्रचण्ड र माधवकुमार नेपाललगायत नेताले आफूलाई सरकारबाट हटाउने षडयन्त्र गरेको उनले आरोप लगाए ।
पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले ०७४ सालको निर्वाचनपछि गठित आफ्नो सरकारविरुद्ध पनि प्रचण्ड र नेपाल लागिपरेको दाबी गरे ।
आफ्नै पार्टीको सरकारका उपलब्धीहरूको प्रचार प्रसारमा उनीहरूले साथ नदिएको ओलीको दाबी थियो ।
यसबीचमा देशको पुरानो पार्टी प्रजा परिषद् एमालेमा विलय भएको उनले बताए ।